काठमाडौँ । संसद विघटनपछिको विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ ।
हिजो प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । त्यसको भोलिपल्ट आज प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो ३ बजे टेलिभिजनमार्फत् प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७, १४:००