काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा झण्डै दुई सयकको सहभागिता रहेको ओली समुहको दावी छ । बैठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुलाई कारबाहीको निर्णय गर्ने तयारी गरेको छ ।
बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् ।
यसअघि पूर्व माओवादी निकट मानिएका लेखराज भट्ट ओली समूहमा खुलिसकेका थिए । भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी छैनन् ।
पुष्कमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल समूहले पनि आजै बैठक बालाएका छन् । दिउँसो १ बजे बबरमहलमारहेका एउटा पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७, ११:१४