काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले नेता नेपाललाई अध्यक्ष बनाउने र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय समितिको बैठक अघि आज कार्यकारी अध्यक्ष प्रचण्डसहितको ओलीइतर समूहको स्थायी कमिटि बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको हो ।
दुवै निर्णयलाई अनुमोदन गराउन केन्द्रीय समिति बैठक अहिले काठमाडौँको कार्की ब्यांकेटमा चलिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७, १४:२२