काठमाडौँ । असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेको भन्दै नेकपाको (दाहाल-नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आज काठमाडौँको बबरमहलमा चलिरहेको केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निणर्य गरेको नेता यज्ञराज सुनुवारले जानकारी दिनुभयो
नेकपाको दाहाल-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले भोलि सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निणर्य गरेको छ ।
नेकपाका नेता सुनुवारका अनुसार भोलि बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे निर्वाचन आयोग जाने निणर्य भएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७, १४:५८