काठमाडौँ । साहित्यकार कौशिला रिसालको कविता सङ्ग्रह ‘समय र सपना’ सार्वजनिक भएको छ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, प्राध्यापक डा.हेमनाथ पौडेल (कविता विभाग प्रमुख), प्राध्यापक डा.देवी नेपाल, (बाल साहित्य विभाग प्रमुख) प्राज्ञ परिषद् सदस्य लक्ष्मी माली, डा.यज्ञश्वर निरौला लगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
कुलपति उप्रेती कार्यकक्षमा भएको लोकार्पण कार्यक्रममा कवि प्रथाले सृजनाले समय बोधलाई समेटेको हुनुपर्ने बताउँदै रिसालका कविताले वर्तमानको विचार बोकेको धारणा राख्नुभयो ।
उहाँले कविता सङ्ग्रह ‘समय र सपना’ ले वर्तमान परिस्थिति र समाज रूपान्तरणको वकालत गरेको तथा विचारको प्रक्षेपण गरेको बताउनुभयो ।
कविता सङ्ग्रहको समीक्षा गर्दै वरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीले ‘समय र सपना’ भित्रका कविता प्रगतिशील चिन्तनमा आधारित रहेर लेखिएको बताउनुभयो । भाव र कलाको मञ्जुल मिश्रण नै कविता भएको बताउँदै उहाँले रिसालका कविताले मीठा भावमा विचार प्रवाह गरेको धारणा राख्नुभयो ।
पुस्तक लोकार्पणपछि कवि रिसालले आफू हुर्केको समय, परिवेश र परिस्थितिलाई मनन गरेर कविता लेख्ने गरेको बताउनुभयो । समाजका तत्कालीन परिस्थिति, राजनीतिक, सामाजिक विषयवस्तु नै आफ्नो लेखनीको स्रोत भएको रिसालको भनाइ थियो ।
समसामयिक परिस्थितिमा महत्वपूणर् विचारसहितका चेतनाका साथ कविता लेखिएको डा.परिश्रमीले बताउनुभयो ।
कविता सङ्ग्रह लोकार्पण गर्दै प्रमुख अतिथि कुलपति उप्रेतिले कविता विचार र कलाको मिश्रण हुनुपर्ने धारणा राख्दै रिसालका कविता उर्जापूणर् रहेको बताउनुभयो ।
‘समय र सपना’ भित्रका कविताले राजनीति, सामाजिक परिस्थितिदेखि सीमान्त्कृत वर्गका विषयसम्म उजागर गरेको उहाँले बताउनुभयो । साहित्यमा विचार हुनुपर्ने र विचारसहितको विषयले मात्रै समाज रूपान्तरण गर्न सक्ने कुलपति उप्रेतिको भनाइ थियो ।
पुस्तक लोकार्पणपछि कवि रिसालले आफू हुर्केको समय, परिवेश र परिस्थितिलाई मनन गरेर कविता लेख्ने गरेको बताउनुभयो । समाजका तत्कालीन परिस्थिति, राजनीतिक, सामाजिक विषयवस्तु नै आफ्नो लेखनीको स्रोत भएको रिसालको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार सुगिता शाहले पुस्तकभित्रका कविता वाचन गरेर सुनाउनुभएको थियो । साहित्यकार रिसालको यो पाँचौँ कृति हो ।
यसअघि उहाँका ३ ओटा बालकथा सङ्ग्रह र ‘एउटा साहस’ नामक (नर्वदा खनाल) संस्मरणात्मक पुस्तक प्रकाशित भइसकेका छन् । कार्यक्रमको अध्यक्षता साहित्यकार नारायण शर्माले गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७, २०:०४