पर्सा । आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले हरेक मृतकका परिवारलाई ३ लाख रुपियाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ ।
बिहानै बसेको बैठकले घाइतेको निशुल्क उपचार, भत्किएका घरहरको लागत संकलन गरेर बनाइदिने पनि निर्णय गरेको छ ।
हिजो साँझको भीषण हावाहुरीका कारण बरामा ठूलो मानवीय समस्या देखिएको छ । २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । रगतको अभाव देखिएको छ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५, ०७:००