काठमाडौँ । यही पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभा बोलाउन सिफारिस गर्ने निणर्य भएको एक मन्त्रीले सीआईएनलाई जानकारी दिए ।
यसबारेमा गरिएको निणर्यको विस्तृत विवरण सररकारका प्रवक्ताले साप्ताहिक नियमित पत्रकारसम्मेलनमा सार्वजनिक गर्ने समझदारी मन्त्रिपरिषद्मा भएको छ ।
पुस १७ भित्रमा संसद बोलाउनै पर्ने संवैधानिक बाध्यता भए पनि गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७, ०९:५२