काठमाडौं । आजदेखि मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र पाहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तापक्रममा कमी आउनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई÷पहाडी भू–भागका केही स्थानहरुमा बिहानीपख हुस्सुरकुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७, ०८:३२