काठमाडौं । उच्च पहाडी क्षेत्रमा पानी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात सुरु भएको छ । आज देखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै भू-भागहरूमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
हाल पश्चिमी वायुमा बिकसित भएको न्युनचापिय प्रणालीको प्रभावका कारण आजदेखि केहि दिनसम्म देशका धेरैजसो भू-भागहरुमा बदली, बर्षा र हिमपात हुने सम्भावना रहेको छ।
आज राती देखि बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का धरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदलि भई उच्च पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपात र पहाडि भू भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेको छ।
पुस २२ गते बुधबार देखि मौसम सफा हुँदै जानेछ । बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेको ले चिसोबाट बच्न सजग रहनु चिकित्सकको अनुरोध छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७, ०७:३१