काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापनसम्बन्धि अरबौँको बजेट सदुपयोग हुने गरी काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।
आज सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूणर् बैठकमा उहाँले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो ।
‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न ।,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसैले विज्ञहरूसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ ।’
मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गर्नुभयो ।
बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निणर्य गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधिभित्र रहेर जिम्मेवार ढङ्गले काम गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७, १५:५१