काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथि सुनुवाई सुरु भएको छ । पुस १० गतेको आदेशानुसार आज संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । आजदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् । सर्वोच्च अदालतले मुद्दाको बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसहितको संवैधानिक इजलास गठन गरेको छ ।
अहिले संवैधानिक इजलासमा बहस सुरु भए पनि मूल मुद्दामा प्रवेश गरेको छैन ।
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७, १४:०५