काठमाडौँ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने अन्तिम अवसर प्रधानमन्त्रीले गुमाएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएकोमा गुनासो गर्नुभयो ।
प्रधानमन्त्रीको आलोचना गर्ने गुटमा बसेर आफूले अविश्वासको प्रस्ताव असफल पारेको उहाँले बताउनुभयो । यसपटक अविश्वासको प्रस्ताव लैजाँदा आफूलाई नसोधिएको पनि उहाँको भनाइ थियो ।
गौतमले भन्नुभयो ‘उहाँले (प्रधानमन्त्री) पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गरिएमा दुर्भाग्यपूणर् हुनेछ ।’ ‘आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’ गौतमले थप्नुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७, १४:२०