काठमाडौँ । जुम्लाको मालाभिडमा जन्मनुभएका सुरज पण्डित स्थानीय रत्नचुँडेश्वर माविको वार्षिकोत्सवमा होस् वा बर्सेनि आयोजना हुने रनिङशिल्ड प्रतियोगितामा, ठाडी भाका, नारायण गोपालका गीत गाउन अघि सर्नुहुन्थ्यो ।
यो कक्षा ७ पढ्दै गर्दाको कुरा, यसैगरी ३ वर्ष बितेपछि २०६८ सालमा सार्वजनिक रुपमा गीत गाउने अवसर पाउनुभयो ।
सानै उमेरमा मीठो गीत गाउने भएपछि स्थानीय प्रशंसकहरू बढ्दै गए, उहाँमा भने गीत रेकर्ड गर्ने रहर । २०६९ सालमा ५० हजार लिएर काठमाडौँ छिरेकोमा ३५ हजार गीतमा सकियो । जुन गीत ‘माया गर्ने जीवनसाथी’ बोलको थियो ।
त्यसको एक वर्षपछि फेरि काठमाडौँ आउँदा अघिल्लो पटककोभन्दा १० हजार बढी अर्थात ६० हजार रुपैयाँले ५ महिना मात्रै बस्न मिल्यो । उपलब्धिको रूपमा ‘जोडेउ नाता सिन्दुरको’ बोलको गीत रेकर्ड गरियो, रोशन बुर्थापाको सङ्गीत र सुरजको शब्द अनि स्वरमा ।
२०७१ सालमा ‘बसेर पिपल चौतारी’, बोलको गीतमा स्वर दिनुभयो भने सुरजले आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गरेको ‘ए मेरी टुल्की’ बोलको गीत एउटा चलचित्रका लागि ९० हजारमा बिक्री भयो ।
आर्थिक अभावलगायत कारणले कक्षा १२ भन्दा माथि पढ्न नपाए पनि उहाँले पटकपटक गरी करिब १ वर्ष सङ्गीतको कक्षा लिनुभयो, जसले डेढ दर्जन गीत गाउन र भविष्यमा गाइरहन प्रेरणा मिलिरहेको छ ।
यसलाई उहाँ जीवनकै सबैभन्दा ठूलो उपलब्धी मान्नु हुन्छ ।‘आफ्नै खर्चमा गीत रेकर्ड गर्नुपर्ने, बजारमा पठाउनुपर्ने समस्या भइरहेका बेलामा मेरा लागि ९० हजार भन्ने कुरा निकै ठूलो भयो ।’ सुरजले सुनाउनुभयो ।
यसबीचमा २०६५ देखि ४ वर्ष म्याराथन धावकको यात्रा पनि उहाँको सुखद नै रह्यो ।
धनगढीमा भएको राष्ट्रिय खेलकुदमा १० किलोमिटर दौडमा स्वणर् र ५ किलोमिटरको दौडमा रजत जिते पनि शारीरिक समस्याका कारण निरन्तरता दिन सक्नुभएन । त्यसपछि सुरजले पछिल्लो पटक लेखराज गिरिको शब्द र सङ्गीतमा ‘खुसी हुनु सँधैसँधै’ बोलको गीत गाउनुभयो ।
मायाप्रेम मात्रै होइन, विकट वस्तीका अनूभूति समावेश गीत पनि उहाँको स्वरमा छ । कलाकार गिरि र सुरजको संयुक्त सङ्गीत अनि गिरिकै शब्दमा रेकर्ड भएको गीत यस्को उदाहरण हो ।
२०७१ देखि ३ वर्ष सडक डिभिजन काठमाडौँमा ज्यालादारीमा काम गर्नुभएका उहाँ ७५ सालमा वन रक्षकमा स्थायी जागिरमा नाम निकाल्नुभयो । यसलाई सुरज आफ्नो रुचीभन्दा पनि घरपरिवार र समाजको दवावको प्रतिफलको रुपमा लिनुहुन्छ ।
६४ सालमा कणर्णाली प्राविधिक शिक्षालयमा अहेबमा नाम निस्क्यो तर ७ हजार रुपैयाँको अभावमा उहाँले पढ्न पाउनु भएन ।
आर्थिक अभावलगायत कारणले कक्षा १२ भन्दा माथि पढ्न नपाए पनि उहाँले पटकपटक गरी करिब १ वर्ष सङ्गीतको कक्षा लिनुभयो, जसले डेढ दर्जन गीत गाउन र भविष्यमा गाइरहन प्रेरणा मिलिरहेको छ ।
गायक सुरज बारेको अडियो सुन्नका लागि तलको लिङ्कमा जानुहोस्ः
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७, १७:०२