काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बारा जादैहुनुहुन्छ । झापामा रहनु भएका प्रधानमन्त्री ओली बारा जादैहुनुहुन्छ । प्रधानमन्त्री ओलीले पर्सामा हावाहुरीका कारण जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई संघीय सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले संघीय सरकारका मन्त्री, गृहसचिव तथा आफूले घटनास्थलको स्थलगत अवलोकन गरेपछि पीडितलाई गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताउनुभयो ।
प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५, ११:५८