नेपाल चलचित्र सङ्घका अनुसार काठमाडौँ उपत्यकासहित देशभर एक सय ९३ वटा चलचित्र देखाउने पर्दा छन् । ती मध्ये सङ्घले सबै चलाउन निर्देशन दिए पनि कतिपय सञ्चालक सरकारको अनुमति कुरिरहेका छन् ।
काठमाडौं । चलचित्र घरको मुलढोकामा ज्वरो नाप्ने मेसिन सहितका सुरक्षागार्ड, भित्र प्रवेशका लागि मास्क अनिवार्य, हातले नछोइकन खुट्टाले थिचेर सेनिटाइजर झर्ने फलामको स्ट्याण्ड, टिकट काट्ने ठाउँमा अनिवार्य भौतिक दुरी । २० दिनदेखि सञ्चालनमा आएको ललितपुर पुल्चोकको ललित सिनेमाज्मा स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाइएको छ । तर पनि दर्शकको उपस्थिति थोरै हुने गरेको व्यवस्थापक विवेक काफ्ले बताउनुहुन्छ ।
‘तीनवटा पर्दासहितको हल हो हाम्रो । तर हामीले अहिले दुईवटा पर्दामात्रै सञ्चालनमा ल्याएका छौं । चारदेखि ५ शो मात्रै गरिरहेका छौं, अहिले । पहिला विहानैदेखि साँझसम्ममा ९ देखि १२ वटासम्म शो चल्थे ।’ व्यवस्थापक काफ्लेले भन्नुभयो, ‘पहिलेजस्तो दर्शकको भिडभाड छैन तर दिन प्रतिदिन दर्शकहरु बढ्ने क्रम जारी छ । दर्शक क्षमताको ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गरिरहेका छौं । स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाएर हल सञ्चालन गरिरहेकोले ढुक्क भएर मनोरञ्जन लिनुहुन्न आग्रह गर्दछु ।’
ललितपुरकै ग्वार्कोमा रहेको गुण सिनेमा घरको मर्मतसम्भार र निसङ्क्रमण गर्ने काम सकिएको छ । तर सरकारको अनुमति आउना साथ खोल्ने तयारी गरिएको छ । ८ वटा पर्दा अर्थात् ८ कोठामा चलचित्र देखाउन सकिने भए पनि २ देखि ४ वटा पर्दामात्रै सञ्चालनको तयारी भइरहेको लेखा व्यवस्थापक महेश किजु बताउनुहुन्छ ।
वर्षमा सय चलचित्र बन्दा झण्डै २ अर्ब खर्च हुन्छ, वितरणमा ४० देखि ५० करोड, एउटा हल बन्नलाई १० करोड खर्च हुन्छ । हल निर्माण तथा सञ्चालनका लागि बैंकबाट लिएको ऋणको व्याज लगायतको नोक्सानी त गणना गर्न सकिन्न । हल खेलेपछि पनि त्यसको प्रभाव लामो समयसम्म रहन्छ ।’
‘कोभिड १९ पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । सरकारले गएको चैतमा कोभिडको महामारी फैलन नदिनका लागि हल बन्द गर्नु भन्यो हामीले मान्यौं । हामी सरकारलाई पेलेर जाने पक्षमा छैनौं सरकारको निर्देशन आएपछि त्यहिअनुसार काम गर्छौं ।’ व्यवस्थापक किजुले भन्नुभयो, ‘९ महिनाभन्दा बढी समय हल बन्द भएपछि सरसफाइ गर्ने लगायतका काम गरिरहेका छौं । हल बन्द हुँदा पनि हामीले १५ दिनमा नियमित निसंक्रमण गर्ने गरिरहेका छौं । हलमा अनिवार्य मास्क सेनिटाइजर राख्ने लगायतका स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पहिलो चरणमा २ देखि ४ वटा पर्दा मात्रै सञ्चालनमा ल्याउने तयारी छ ।’
नेपाल चलचित्र सङ्घका अनुसार काठमाडौँ उपत्यकासहित देशभर एक सय ९३ वटा चलचित्र देखाउने पर्दा छन् । ती मध्ये सङ्घले सबै चलाउन निर्देशन दिए पनि कतिपय सञ्चालक सरकारको अनुमति कुरिरहेका छन् ।
चलचित्र विकास बोर्डको पहलमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले यसैहप्ता चलचित्र घर खुला गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । तर मन्त्रिपरिषद्ले स्वीकृति दिएको हल्ला चलेको भए पनि आधिकारिकता सार्वजनिक भइसकेको छैन ।
कोरोनाका कारण सङ्क्रमणको उच्च जोखिम रहेका अन्य क्षेत्र खुलिसके पनि हल सञ्चालनमा रोक्न लगाइएको विरोध स्वरुप हल खोदिएको संघका महासचिव अशोक शर्मा बताउनुहुन्छ । ‘सिनेमा घर बन्द गर्नु पर्ने कारणबारे सरकारले हामीलाई प्रष्ट पारेको पनि छैन । बजार, सार्वजनिक यातायात, क्लव लगायत खोल्ने राजनीतिक दलको जुलुस सभा हुन पाउने तर निश्चित व्यक्तिहरु सहभागी हुने हल खोल्न नपाइने ?’ महासचिव शर्माले भन्नुभयो, ‘देशभरका एक सय ९३ पर्दा १० महिनादेखि बन्द हुँदाको नोक्सानीको चेन इफेक्ट हुन्छ । वर्षमा सय चलचित्र बन्दा झण्डै २ अर्ब खर्च हुन्छ, वितरणमा ४० देखि ५० करोड, एउटा हल बन्नलाई १० करोड खर्च हुन्छ । हल निर्माण तथा सञ्चालनका लागि बैंकबाट लिएको ऋणको व्याज लगायतको नोक्सानी त गणना गर्न सकिन्न । हल खेलेपछि पनि त्यसको प्रभाव लामो समयसम्म रहन्छ ।’
तत्कालका लागि पुराना चलचित्रहरु प्रदर्शन गरेर हलमा दर्शकलाई आकर्षण गर्ने र सुरक्षाको सुनिश्चितता गर्ने प्रयास भइरहेको सङ्घका महासचिव अशोक शर्माले बताउनुभयो । ‘हलसम्म दर्शक आउने माहौल नबनेसम्म नयाँ चलचित्र सञ्चालनमा आउने सम्भावना अलि कम छ । चलचित्र क्षेत्रलाई चलायमान बनाउनु पनि अबको चुनौती छ ।’ निर्माता निर्देशक समेत रहनुभएका शर्माले भन्नुभयो, ‘५० प्रतिशत क्षमतामा मात्रै हल सञ्चालन भईरहेका र थोरै दर्शकको उपस्थितिमा व्यवसायिक सम्भावना भएका नयाँ चलचित्रहरु सञ्चालनको जोखिम निर्माताले लिनुहुन्न । मेरो सोच भनेको ठूलो लगानी भएका नेपाली चलचित्र चलाउनुभन्दा सानो बजेटका नेपाली चलचित्रहरु र विदेशी चलचित्रहरु चलाउनुपर्छ भन्ने हो ।’
चलचित्र विकास बोर्डको पहलमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले यसैहप्ता चलचित्र घर खुला गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । तर मन्त्रिपरिषद्ले स्वीकृति दिएको हल्ला चलेको भए पनि आधिकारिकता सार्वजनिक भइसकेको छैन ।
बोर्डले हल सञ्चालनका लागि आवश्यक पहल गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । ‘असारदेखि पुसम्ममा मैंले सञ्चार मन्त्रालयमा मात्रै ६ पटक हलसञ्चालनको निर्णय गराउन पत्राचार गरेको थिएँ । सञ्चार मन्त्रालयले पनि हल सञ्चालनको स्वीकृतीका लागि सिफारिस गरेको हो । नेपाल चलचित्र सङ्घले पनि स्वास्थ्य सुरक्षाका सबै उपायहरु लगाएर खोल्न सहमत भइसकेपछि बोर्डले पहल गरेको हो ।’ अध्यक्ष दाहालले भन्नुभयो, ‘हल बन्द हुँदा कति कर्मचारीलाई प्रत्येक्ष प्रभाव परेको छ भन्ने विषयमा बोर्डसँग तथ्याङ्क नभएकोले सङ्कलनको काम भईरहेको छ । चलचित्रकर्मी, प्राविधिकदेखि लिएर चलचित्र क्षेत्रका देखिने र नदेखिने श्रमिकहरु छन् । समग्र चलचित्र उद्योगमा ४० हजारसम्मले प्रत्येक्ष रोजगारी पाएका छन् । उहाँहरुमा आश्रित ५ लाखभन्दा बढीलाई हल बन्द हुँदा मर्का परेको छ ।’
नोबेल कोरोना भाइरसप्रतिको बुझाइमा बढ्दै गएको चेतनासँगै १० महिनादेखि ठप्प भएका मुलुकभरका चलचित्र घरहरू सञ्चालनको तयारीमा छन् । सरकारले सञ्चालनका लागि अनुमति नदिए पनि आर्थिक रुपमा घाटा व्यहोर्न नसकिने भन्दै सञ्चालकहरू हद खोल्न एकजुट भए । तर हलमा दर्शक फर्काउने माहौल बनाउन भने चलचित्रकर्मी तथा हल सञ्चालकहरु लाग्नु पर्ने देखिन्छ ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, १५:५०