काठमाडौँ । भक्तपुरका मदन अधिकारी दैनिक सूर्यबिनायक, कोटेश्वर हुँदै बानेश्वरमा रहेको आफ्नो कार्यालय आउनुहुन्छ । आउँदाजाँदा बानेश्वर चोकको ट्राफिक जाम र भीडभाड उहाँले दैनिक २ पटक छिचोल्नुपर्छ ।
सवारीसाधनको अस्तव्यस्तलाई व्यवस्थित बनाउन ट्राफिकलाई समेत मुस्किल परेको देख्ने उहाँले हिजोआज सवारी चालक र यात्रुहरू सर्तक भएको पाउनुभएको छ ।
उहाँ भन्नुहुन्छ ‘हतारमा कति पटक लेन मिचेर अघि वढ्न खोज्दा अगाडि उभिएको ट्राफिक हो भनेर सर्तक भएको छु । तर नजिक गएपछि मात्रै डमी रहेको चाल पाएको छु ।’
बानेश्वर चोकैमा रहेको ट्राफिकको डमी अर्थात ट्राफिक जस्तै देखिने आकृतिका कारण उहाँ आफै पनि सचेत हुनुभएको छ । ट्राफिक प्रहरीले सुरुवाता गरेको यो कार्य आफूलाई ज्यादै मन परेको अधिकारी बताउनुहुन्छ ।
सवारीसाधनको बाक्लो भीड हुने उपत्यकाका ५० स्थानमा यस्ता डमीहरू राखिएका छन् ।
यसले यात्रुहरूलाई सचेत बनाएको छ । काभ्रेका सन्तोष बराल पनि ट्राफिक डमीका कारण नियमविपरित हिँड्न खोज्दा धेरै पटक झस्किएको वताउनुहुन्छ । काठ्माडौँको सवै चोकमा राख्न सके यसको प्रभावकारीता अझ वढ्ने उहाको ठम्याइछ ।
डमी प्रहरी राखेपछि जथाभावी बाटो काट्ने, लेन मिच्ने, गलत तरिकाले ओभरटेक अर्थात उछिन्ने, रातको समयमा तीव्र गतिमा सवारीसाधन चलाउने गतिविधि ३० देखि ४० प्रतिशतले घटेको प्रहरीको दाबी छ ।
झट्ट हेर्दा ट्राफिक प्रहरी नै उभिए जस्तो देखिने त्यस्ता आकृतिका कारण सवारीसाधन चाकलहरु सचेत भएका छन् । यसको प्रभावकारिता हेरेर मुलुका अन्य सहरमा पनि बिस्तार गर्ने योजना ट्राफिक प्रहरीको छ ।
ट्राफीक विट जावलखेलका प्रहरी नायव निरीक्षक सुवास देउवाका अनुसार डमी प्रहरी राखिएपछि ट्राफिक प्रहरीलाई समेत काम गर्न सजिलो भएको छ ।
काठमाडौँ उपत्यकामा दैनिक सरदर ४० ओटा सवारीसाधन दुर्घटना हुने गरेकोमा डमी प्रहरी राखिसकेपछि त्यसको दर १० प्रतिशतले घटेको पाइएको छ ।
उपत्यकामा बढ्दै गएको जनसङ्ख्या र सवारी चापका कारण दुर्घटना बढ्दै गएको र यसलाइ न्यूनिकरण गर्नको लागि यो अभियान चलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, वरिष्ठ उपरिक्षक जनक भट्टराई बताउनुहुन्छ ।
साङ्केतिक रूपमा राखिने यस्ता डमीको प्रभाव काठमाडौँ उपत्यकामा सकारात्मक देखिएको छ । प्रदेश र बिभिन्न ठूला सहरहरूमा पनि डमी प्रहरी राख्न माग आएकाले अन्य स्थानमा पनि यो अभियान चलाउने तयारी ट्राफिक प्रहरीले थरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले ट्राफिक दुर्घटना न्यूनिकरणका लागि काठमाडौँ उपत्यकाका विभिन्न ५० स्थानमा ट्राफिकको डमी अर्थात ट्राफिक प्रहरीको जस्तै रुपाङ्कन भएको प्लाष्टिकको आकृति राखेको छ ।
झट्ट हेर्दा ट्राफिक प्रहरी नै उभिए जस्तो देखिने त्यस्ता आकृतिका कारण सवारीसाधन चाकलहरु सचेत भएका छन् । यसको प्रभावकारिता हेरेर मुलुका अन्य सहरमा पनि बिस्तार गर्ने योजना ट्राफिक प्रहरीको छ ।
यसबारेको अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७, १६:१२