बारा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँधी प्रभावित क्षेत्रमा रगत तथा चिकित्सकको अभाव नभएको जनाएको छ । मन्त्रालयका अनुसार बारा, पर्साका प्रभावित क्षेत्रका घाइतेको लागि चाहिने रगत अभाब नभएको जनाएको छ । रगत र चिकित्सकको अभाब नभएपनि अस्पतालमा बिरामी राख्ने शैयाको भने अभाब रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रालयले चिकित्सक र रगत अभाव हुन नदिन विभिन्न जिल्ला र केन्द्रिय रेडक्रसलाई निर्देशन दिएको छ । उपचारका लागि अस्पतालहरुमा बेड अभावले केहि समस्या भएपनि समाधानको लागि केन्द्रबाट टोली प्रभावित क्षेत्रमा पुगेको छ । यस्तै मन्त्रालयले पिडितहरुलाई शुद्ध खानेपानी र पोषणयुक्त खानामा कमि हुन नदिन तथा बिरामीको स्वास्थ्य जाँचका लागि डा.रमेश खरेल, डा.दिपेन्द्र रमण सिंहको नेतृत्वमा विशेष टोली बारा पठाएको छ ।
यसैगरी, हेटौंडा, चितवन र जनकपुरबाट पनि विशेषज्ञ सहितको टोली घटनास्थल पुगिसकेको छ भने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी सहितको टोली घटनास्थल पुगेको प्रवक्ता श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।
कसरी आयो तराईमा विनाशकारी हावाहुरी, कस्तो रहला अबको तीन दिन मौसम ?
बारा, पर्सामा हावाहुरीको वितण्डापछिको दृश्य (फोटो फिचर)
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५, १४:१९