काठमाडौँ । नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । आजको बैठकले ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफू पक्षका नेतालाई नियुक्त गर्ने निर्णय लिने एक नेताले सीआईएनसँग बताए ।
बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने सम्भावना छ ।
प्रचण्ड-माधव पक्षले केही दिन अगाडि तीन दिनको समय दिएर सोधेको स्पष्टीकरणमा ओलीले कुनै जानकारी वा प्रतिक्रिया नदिएपछि हटाउने तयारी भएको बुझिएको छ ।
हिजो केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुको छलफलपछि आज स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
गत शुक्रबार काठमाडौँमा आयोजना गरिएको विरोध सभाको समीक्षा र आन्दोलनका आगामी कार्यक्रमबारे पनि आजको बै७कमा छलफल हुने भएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७, १०:३८