काठमाडौँ । मध्यान्हको समय । काठमाडौँ घमाइलो छ । कोरोनाका कारण झण्डै ७ महिना सुनसान बनेको बौद्धस्तुपा पुरानै लयमा फर्कँदै छ । आन्तरिक पर्यटकहरूको घुइँचो सुरु भएको छ । फाट्टफुट्ट बिदेशी पर्यटकहरू पनि देखिने गरेका छन् ।
बौद्धमा भेटिनुभएका सिन्धुलीका अन्जना लकाई कोरोनाका कारण १ वर्षदेखि वाहिर निस्कन नसक्दा साथीभाइसँग भेटघाट गर्न सकिएन । लामो समयपछि घुम्नका लागि निस्कीएको ,एकदमै रमाईलो लागेको उहाँ बताउनुहुन्छ ।
उहाँसँगै बौद्धको स्तुपा घुमघामका लागि आउनभएका सिन्धुलीकै हिरा खड्का उत्साहित देखिनुभयो । पहिलो पटक स्तुपा घुम्न पाएकोमा खुसी लागे पनि भीडभाड देख्दा भने कोरोना पो सर्छ कि भन्ने डर लागेको उहाँले सुनाउनुभयो ।
नुवाकोटका रामकुमार तिमल्सिना काम विषेशले काठमान्डौँ आउनुभएको हो । यही बेलामा यहाँका पर्यटकीयस्थल घुम्ने रहरले स्वयम्भुको स्तुपा घुम्न आउनुभयो ।
कोरोना महामारीपछि उहाँ पनि पहिलो पटक सार्वजनीकस्थल घुम्न आएको र फोटो खिच्दा भने मास्क खोल्न मन लाग्ने उहाँ वताउनुहुन्छ ।
‘भौतिक दुरी कायम गर्नसक्ने अवस्था छैन, मान्छेलाई कोरोनाको डर छ भन्ने लाग्दैन ।’ उहाँले चिन्ता जनाउनुभयो ।
धार्मिक, सास्कृतिक केन्द्रमा चहलपहल बढेको छ । तर मास्क, सेनीटाइजर र भौतिक दूरी लगायत स्वास्थ्य मापदण्ड कडाइका साथ पालना भएका छैनन् । यसबाट बाह्य पर्यटनको क्षेत्रमा नकारात्मक सन्देश जान सक्ने चिन्ता पनि छ ।
कोरोनाको कारण गत वर्षको चैत ११ गतेदेखि देशमा लकडाउन भयो । अधिकांश मठमन्दीर, धार्मिक, सांस्कृितक महत्वका सम्पदा बन्द भए ।
अन्य क्षेत्रहरू बिस्तारै खुल्दै र सहज हुँदै जाँदा पर्यटकीय क्षेत्रहरू पनि खुलेका छन् । तर स्वास्थ्य सावधानी भने त्यति देखिँदैन ।
कोरोना सङ्क्रमणको दर घटेको भन्दै पुस १ बाट पशुपति मन्दिर दर्शनार्थीको लागि खुल्ला गरिएको छ ।
पशुपतिमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । पशुपति क्षेत्रमा १६ वर्षदेखि फूलको व्यापार गर्दै आउनुभएका सन्तमाया तामाङलाई पनि यो माघदेखि पशुपति दर्शन गर्न आउने दर्शनार्थीको संख्या उलेख्य वढेको जस्तो लाग्छ ।
‘पशुपति क्षेत्रभित्र पस्न त लाइन लागाइएको छ, एउटा गेटमात्र खुला गरिँदा बाहिर भने एकदम भीड लाग्छ । सङ्क्रमणको जोखिमचैँ छ ।” सन्तमायाले भन्नुभयो ।
रामेछाप घर भएका करुणा वस्नेत कारोना कहरपछि पहिलो पटक पशुपति दर्शनको लागि आउनुभएको हो । ८ महिनापछि दर्शनको लागि आउँदा एकदमै रमाईलो लागेको तर भीडका कारण दर्शन गर्न कुर्नुपरेको उहाँ बताउनुहुन्छ ।
ऐतिहासिक पर्यटकीस्थलहरू पर्यटन विकासका आधार पनि हुन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले यी क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्छ ।
काठमाडौँको क्षेत्रपाटीका निरज अग्रवाल हरेक शनिबार पशुपतिानाथको दर्शनका लागि आउनुहन्छ । केही समय सुनसान रहे पनि हिजोआज भने निकै भीड देख्नुहुन्छ । तर कोरोना सङ्क्रमण विरुद्दको सतर्कता आवश्यकताजति नभएको गुनासो गर्नहुन्छ ।
काभ्रे बनेपाका सुशील नापित लकडाउनपछि पहिलो पटक ललितपुरको पाटन घुम्न आउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पर्यटकहरूको चहलपहल त बढेको छ, तर स्वास्थ्यको सतर्कता भने कम देखिएको छ । केवल मास्क लगाउने कामबाहेक अरु केही भएको छैन ।’
पाटन मंगलबजारका स्थानीय बाबुकाजी सिंहका अनुसार ३ महिनादेखि पाटन घुम्न आउने पर्यटकको संख्या बढेको छ । विहान १० वजेदेखि साँझको साढे पाँच वजेसम्म निकै चहलपहल हुने गर्छ ।
तर कोरोना सङ्क्रमण होला कि भन्ने डर कसैलाई छ भन्ने उहाँलाई लाग्दैन । कसैले मास्क त लगाएको छैन, भौतिक दुरी कायम त परैको कुरा भएको उहाँ बताउनुहन्छ ।
धार्मिक, सास्कृतिक केन्द्रमा चहलपहल बढेको छ । तर मास्क, सेनीटाइजर र भौतिक दूरी लगायत स्वास्थ्य मापदण्ड कडाइका साथ पालना भएका छैनन् । यसबाट बाह्य पर्यटनको क्षेत्रमा नकारात्मक सन्देश जान सक्ने चिन्ता पनि छ ।
सरकारले यस्ता स्थानमा आउने पर्यटकहरूलाई कसरी व्यवस्थित गर्छ ? सस्कृति ,पर्यटन तथा नागरिक उड्यन मत्रालयका प्रवक्ता तारानाथ अधिकारी भन्नुहुन्छ, ‘नेपाल सरकारको प्रोटोकल पालना गर्न हामीले सल्लाह दिने, समन्व गर्ने, सुझाव दिने कुरा छ भने स्थानीय प्रशासनले नियमन वढाउन पर्छ । त्यसको लागी स्थानीय प्रशासनलाई हामीले तोकेका छौ ।’
ऐतिहासिक पर्यटकीस्थलहरू पर्यटन विकासका आधार पनि हुन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले यी क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७, १४:३१