काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिक्ता दावी गरेको छ । निर्वाचन आयोगमा पुगेर नेकपाका शीर्ष नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी पेश गरेका हुन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु बिहान आयोगमा पुग्नुभएको थियो ।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार हिजोको केन्द्रीय किमटीको निर्णयअनुसार नै आज आधिकारिक्ता दावी गरिएको हो ।
आयोगले यही माघ १२ मा नेकपालाई जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेका कारण हिजो बैठक बसेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७, १४:४३