काठमाडौँ । नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनको विरोधमा रहेका दलहरुबीच संयुक्त आन्दोलनको तयारी भइरहेको बताउनुभएको छ ।
संवैधानिक आयोगहरुमा हिजो सरकारले गरेको नियुक्तिको विरोधमा आज आह्वान गरेको आमहड्ताल गराउन ललितपुरको सातदोबाटोको प्रदर्शनमा पुग्नुभएका प्रचण्डले फागुनको पहिलो हप्ता संयुक्त आन्दोलनको तयारी भएको पत्रकारसँग बताउनुभयो ।
केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारका विरुद्ध उत्रने राजनीतिक दल, बुद्धिजीविको सङ्ख्या बढ्दै गएको भन्दै यो सरकारको आयु धेरै लामो नरहेको बताउनुभयो ।
अहिलेको अवस्थामा आफ्नो र प्रधानमन्त्री ओलीबीचको जुहारी र विवाद जस्तो देखिए पनि अहिले गणतन्त्र, संविधानको रक्षाको बेला भएकाले आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ ।
आमहड्ताललाई नागरिकले नरुचाएको बारेमा आफूलाई जानकारी रहेको उल्लेख गर्दै प्रचण्डले निरङ्कुशताको लागि साथ दिन अनुरोध गर्दै भोलि नेकपाको ओली समूहले काठमाडौँमा गर्न लागेको प्रदर्शनलाई पञ्चहरुको भेलाको संज्ञा दिनुभयो ।
प्रचण्ड-नेपाल समूहले घोषणा गरेको हड्तालको उपत्यकाबाहिर प्रभाव तुलतान्मक रुपमा धेरै देखिएको छ । काठमाडौँका मुख्य सडकमा यातायातका साधन कम चलेका छन् भने भित्री सडकमा निर्वाध चलेका छन् ।
प्रदर्शनमा सहभागी १०० जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७, ११:०१