काठमाडौँ । सभामुख अग्निप्रसाद साप्कोटाले राज्य संयन्त्रबाटै संविधानमाथि पटकपटक प्रहार भएका कारण आफू संविधानको संरक्षणका लागि अघि सरेको बताउनुभएको छ ।
शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएपछि आफू संविधानको रक्षार्थ संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकारसहितको सर्वोच्च अदालत समक्ष पुगेको उहाँको भनाइ छ ।
सभामुख सापकोटाले आज सर्वोच्च अदालतमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री लगायत नयिुक्त नवनियुक्त पदाधारीलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको छ ।
रिटको पेसी आइतबारका लाग तोकएिको छ । कानुनी र राजनीतकि विवादबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानकि नकिायहरुमा पदाधकिारी नियुक्त गर्नुभएको थियो।
‘मैले संविधानको रक्षाका खातिर नेपालको संविधानको धारा २ बमोजिम नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रतिनिधिमूलक संस्था, प्रतिनिधि सभाको नेतृत्व प्रदान गर्ने प्रमुख पदाधिकारीको हैसियतमा जनताको तर्फबाट प्राप्त हुन आएको निहित अधिकारको प्रयोग गरेको हुँ ।’ एक विज्ञप्ति जारी गर्दै सापकोटाले उल्लेख गर्नुभएको छ ।
संसद छलेर संविधान विपरितका कार्यहरू थपिँदै जाने अवस्थाले संविधान मिचेर भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नो तर्फबाट आगामी दिनमा पनि निरन्तर प्रयास रहनेमा पनि उहाँको जोड छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७