काठमाडौँ । विद्यार्थीहरुलाई शिक्षाका बिभिन्न विकल्प र भावी योजनाका बारेमा भारतका प्रशिद्ध चार बिश्वबिद्यालयले जानकारी गरएका छन् ।
यसअघि करियर काउन्सिलिङ तथा एजुकेटरस् मिट आयोजना प्लस् टु पछिको अध्ययन र अवसरको बारेमा जानकारी गराउन धेरै शैक्षिक मेला र सेमिनार हुने गरेका भए पनि यसपाली भर्चुअल रुपमा धेरैले छलफल गर्ने गरेका छन् ।
तर म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरेको छ ।
काठमाडौँमा भएको कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका मेनेजिङ डाइरेक्टर गम्भीर भगतले करियर काउन्सिलिङको महत्वका बारेमा जानकारी गराउनु भएको थियो।
भारतको अउरो विश्वविद्यालयका रजिष्ट्रार अजय यादवले विश्वविद्यालय, सञ्चालीत कोर्स र शिक्षण पद्दतीको बारेमा जानकारी गराउनु भएको थियो।
विश्वरभर मान्यता प्राप्त शैक्षिक कार्यक्रम हरू सञ्चालन गरि रहेको मोदी युनिभर्सिटी र नेपाली बिध्यार्थी हरूलाई प्रदान गरिने सेवा सुविधा, क्षात्रवृत्तिका बारेमा डिजिएम प्रबिन झाले कलेजका प्रिन्सिपल, प्रोफेसर र पदाधिकारी हरूलाई जानकारी गराउनुभयो ।
पत्रकारहरूको जिज्ञासामा सस्कृति युनिभर्सिटीका मार्केटिङ् मेनेजर मिस्टर पियुषले आफ्नो विश्वविद्यालयले नेपालमा आइ उत्कृष्ट करियर काउन्सिलिङको महत्वका बारेमा जानकारी गराइरहँदा बिध्यार्थी र कलेजबाट राम्रो प्रतिक्रिया आएको धारणा राख्नुभयो ।
कार्यक्रममा काठमाडौँ बल्ड स्कुलका प्रिन्सिपल केसर बहादुर खुलाल, दि चादबाहक स्कुलका भाइस प्रिन्सिपल सोम राज पनेरू, कामना इन्टरनेसनल कलेजका क्याम्पस चिफ महेश श्रेष्ठ, शुभश्री एकेडेमीक इन्टरनेसनल कलेजका प्रिन्सिपल समीर शर्माको उपस्थिति रहेको थियो ।
काठमाडौं ग्लोबल स्कुलका फाउण्डर प्रिन्सिपल मनोज आचार्य, न्यु मिलेनियम कलेजका प्रिन्सिपल सुभाष चन्द्र जोशी, जुबिल्यान्ट कलेजका प्रिन्सिपल ॠषी प्रसाद न्यौपाने, मनास्लु बल्ड कलेजका चेयरम्यान ज्ञानेन्द्र लामा, टोखा नगरपालिका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम लगायत प्याब्सन, एन प्याब्सनका प्रतिनिधि अभिभावकको पनि उपस्थिति रहेको थियो।
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७, १६:३१