काठमाडौँ । २००७ सालमा रेडियो नेपालको स्थापना भएसँगै नागरिकलाई सूचना पाउन केही सजिलो त भयो तर २०५४ सालपछि सामुदायिक र नीजिस्तरबाट रेडियो खुल्नेक्रम बढेपछि नेपालको आमसञ्चार क्षेत्रले फड्को मार्यो ।
अहिले गाउँगाउँमा रहेका सामुदायिक रेडियो नागरिकको सूचनाको साथी बनेका छन् । समाचार र कार्यक्रममाार्फत रेडियोले समुदायको कला, सस्कृती र भाषाको संरक्षण गर्दै नयाँ पुस्तालाइ सीप हस्तान्तरण गर्ने जिम्मेवारी पनि पूरा गरिरहेको नागरिकको बुझाइ छ ।
समुदायले बुझ्ने भाषाशैलिमै सामग्री दिएकै कारण पनि एफएम रेडियो प्रभावकारी मानिएका छन् । परम्परागत राम्रा सस्कृतिलाई संरक्षण गर्दै समुदायबीचको सौहार्दता बढाउन पनि रेडियोहरुको भूमिका महत्वपूणर् रहेको पाँचथरको रेडियो सुम्हालुङ्का स्टेशन प्रमुख रामचन्द्र बम्जनले बताउनुभयो ।
लुकेका संस्कार, सस्कृतिको उजागर गर्दै नकारात्मक परम्परा बिरुद्ध बोल्ने र राम्रा व्यवहार बसाल्न पनि रेडियोहरू अभियन्ताको भूमिका खेलिरहेका छन् ।
यसले स्रोतालाई बढी आकर्षण गर्ने बैतडीका हरिस बिष्टको भनाइ छ । रेडियोले कुनै एक भाषामा मात्रै होइन, स्थानीय भाषामा सामग्री दिएकै कारण पनि स्रोताको मनमा बस्न सकेका छन् ।
रेडियो कपिलबस्तुका स्टेशन प्रमुख सोना खटिकले आफूहरूले ८० प्रतिशत प्रसारण स्थानीय भाषा र संस्कृतिमा लक्षित गरिरहेको बताउनुभयो ।
यति भइकन पनि अझै परिस्किृत र जिम्मेवार भएर समुदायको आवाज बोल्नुपर्ने दायित्व एफएम रेडियोहरूको काँधमा रहेको रेडियो गुर्वावा बर्दियाका स्टेशन प्रमुख एकराज चौधरीको बुझाइ छ ।
२०६८ को जनगणना अनुसार देशभर १ सय २५ जाजातीको बसोबास छ भने बोलिने भाषाको सङ्ख्या १ सय २३ छ । अकोराबका अनुसार सामुदायिक रेडियाहरुले मात्रै ७० भन्दा धेरै भाषामा सामग्री प्रसारण गर्दै आएका छन् ।
यसर्थ रेडियोहरु भाषा, सस्कृती र भेषभूषाको संरक्षण अनि बिभिन्न परम्परालाई साझा बनाएर अमनचयन कायम राख्ने माध्यम पनि हुन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७, १२:०१