काठमाडौँ । नेपाल चिकिसत्क सङ्घ र निजी अस्पतालहरुको छाता सङ्गठन अफिनले बढाएर संयुक्त रुपमा सार्वजनिक गरेको चिकित्सकको परामर्श शुल्क लागुन नगर्न सरकारले आग्रह गरेको छ ।
हिजोदेखि नै लागु हुने भन्दै दुवै संस्थाले चिकित्सक परामर्श शुल्क सार्वजनिक गरेका थिए । उक्त निर्णयमा सरकारको सहमति नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
चिकित्सकको शुल्क परिमार्जनका लागि सरकारले बनाएको समितिले काम गरिरहेको उल्लेख गर्दै प्रवक्ता गौतमले चिकित्सक सङ्घ र अफिनसँग यस बारेमा छलफल गर्न सरकार तयारै रहेको जानकारी गराउनुभएको छ ।
बढाइएको शुल्कअनुसार चिकित्सकको परामर्श शुल्क ३ सय ७० देखि ८ सय २५ रुपैयाँ पुगेको छ । यो शुल्कमा अस्पतालले थप २० प्रतिशतसम्म जोड्न सक्नेछन् ।
मन्त्रालयको विज्ञप्तिः
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७, १४:३३