काठमाडौँ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख खोपको मात्रा नेपाल आइपुगेको छ ।
एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
सरकारले सेरमसँग २० लाख खोपको मात्रा किन्ने निर्णय गरेको भए पनि नेपालमा भण्डारणाको समस्या हुनसक्ने भन्दै आधा मात्रै ल्याइएको हो ।
२० लाख खोपका लागि सरकारले अग्रिम भुक्तानी सेरमलाई दिइसकेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७, १६:०५