काठमाडौं । प्रदेश ३ सरकारले हावाहुरीबाट प्रभावितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रदेश ३ को आज मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेश २ मा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।
प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।
सोमबार मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्सा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५, १२:०८