काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले पुनर्स्थापनाको आदेश दिएको छ । आज सर्वोच्चले आदेश दिँदै १३ दिनभित्रै संसद बैठक बोलाउन भनेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यस्तो आदेश सुनाएको हो ।
योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटनको घोषणा गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।
सर्वोच्चको आदेशसँगै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, १८:१८