काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त पदमा पाँच जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि नाम सिफारिस गरेको हो।
परिषद्ले प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो। ढुंगाना र माथेमा मुख्य न्यायाधीशवाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मा कानुन व्यवसायीबाट नाम सिफारिस गरेको हो।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५, १३:०८