काठमाडौँ । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।
नेपालसहित लाओस र बङ्गलादेश पनि अतिकम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिसमा परेका छन् ।
संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसङ्घ आर्थिक तथा सामाजिक परषसद्बाट स्वीकृत हुनुपर्छ ।
विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकाङ्कका तोकिएको मापदण्ड पार गरिसकेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्तरोन्तिका लागि सिफारिस हुनु नेपालका लागि कोसेढुङ्गा भएको प्रतिक्रिया दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा मन्त्री ज्ञवालीले 'सुखी नेपाली, समृद्ध नेपाल' नारासहितको विकासको यात्रामा यसले सकारात्मक प्रभाव पार्ने उहाँको विचार छ ।
नेपाली नियोगका अनुसार सन् २०२२ मा स्तरोन्नति भएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुबिधा सन २०२६ सम्म नै पाउने छ ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७, १२:१३