काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ता भएको छ । पहिलो चरणको वार्ता सकिएको छ ।
हिजो मंगलबार सरकार र चन्द समुहबीच औपचारिक रूपमा वार्ता टोली गठन भएको थियो । पहिलो चरणको वार्ता सकारात्मक रहेको सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।
वार्तामा भट्टराईसहित सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी हुनु भएको थियो ।
आज प्रारम्भिक छलफल भएको र अर्को च रणको वार्तामा दुवैपक्षका एजेण्डामा छलफल हुने भट्टराईकोभनाई छ ।
थुनामा रहेका चन्द समूहका नेता कार्यकर्ताको रिहाईसहितका चन्द्यसमुहका मागमा विषयमा अर्को वार्तामा छलफल हुनेछ ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७, १४:२६