काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । आज बिहान भएको वार्तामा सहमति भएको सररकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सीआईएनसँग बताउनुभयो ।
सहमति अनुसार सरकारले उक्त समूहलाई लगाएको प्रतिबन्ध फकुवा गर्नेछ भने पक्राउ परेका नेताकार्यकर्ता रिहाइको प्रक्रिया आजै सुरु गरिनेछ ।
विप्लव नेतृत्वको नकपाले हिंसा त्यागेर राजनीतिक विषयको समाधान सम्वादका माध्यमबाट अघि बढाउने पनि सहमति भएको छ ।
सहमतिमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र सो समूहका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सहमतिपत्रः

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७