काठमाडौँ । सर्वसाधारण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि उत्साहित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउनुहुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको सुरुवात गर्नुहुनेछ ।
मुलुकका विशिष्ट व्यक्तिले खोप नलगाएका कारण पहिलो चरणको खोप अभियान प्रभावकारी नभएको गुनासो आएपछि प्रधानमन्त्रीले नै खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
भोलि बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने तयारी गरिएको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७, १३:४५