काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको छ ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा आज फैसला सुनाएको छ ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा २ वर्षअघि को ३ जेठमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएको थियो ।
तर आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गरिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठः