स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्।
दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो। सो दलले 'अतिवाद रोकौँ' नारा पनि अघि सारेको थियो।
आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका थिए भने विपक्षमा ४८.८% मानिसले भोट हालेका थिए।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७, ०७:३०