काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको छ । लामो समयको सम्वादहिनता तोडेर दुवै नेताले नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा छलफल गर्नु भएको हो । छलफलमा दुवै पक्षका नेताहरु सहभागि थिए ।
सर्वोच्च अदालतको निर्णयपवछि एमाले बुउतिएपनि नेपालपक्षलाई बाहिर राखेर ओलीले निर्णय गरिरहनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गत शुक्रवार नेपाल पक्षका केही नेतालाई दलभित्रको जिम्मेवारीबाट मुक्त गरिदिएपछि दुई समूहबीचको विवाद झन् चुलिएको थियो।
नयाँ सहकार्य र सहमतिका विषयमा सम्वाद सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७, १२:४६