काठमाडौँ । वर्तमान राजनीतिक सङ्कट समाधानका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ । भोलि दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बैठक राष्ट्रपति भवन शीतलनिवासमा बस्ने छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई बैठकमा सहभागी हुन बोलाइएको छ ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा ब्यूँताइदिएको छ भने नेकपाको एकता खारेज गरिदिएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि दुवै पार्टीमा विवाद देखिएको छ भने आगामी सरकारका लागि दलहरु दौडधुपमा छन् ।
दलहरुबीच सहमतिको वातावरण बनोस् भन्नका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको शीतलनिवास स्रोतले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७, २०:१९