काठमाडौँ । सरकारले उपचाररत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई दस लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले जोशीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो । मस्तिष्कघातपछि जोशीको २१ दिनदेखि काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपप्रधानमन्त्री पोखरेलले आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेर जोशीको स्वास्थ्य अवस्थाका बारेमा उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिनुभएको छ । परिवारका सदस्यलाई सरकारले गर्ने आर्थिक सहयोगबारे पनि उहाँले जानकारी गराउनुभएको छ ।
गत फागुन १४ गते मस्तिष्कघात भएपछि काँग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७, ११:१९