काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।
मष्तिष्कघात भएपछि उपचाररत जोशीको गएराति ८ बजेर २४ मिनेटमा मृत्यु भएको नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले सीआईएनलाई जानकारी दिनुभयो ।
गत फागुन १४ गते घरमै अस्वस्थ भएपछि जोशीलाई सुरुमा वीर अस्पताल लगिएको थियो तर मष्तिष्कघात भएको पाइएपछि अर्भीक अस्पतालमा ल्याएर भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
नवीन्द्रराज जोशी काँग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री र पूर्वसांसद पनि हुनुहुन्थ्यो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७, २१:१३