काठमाडौँ । नोबेल कोरोना भाइरसको महामारी फेरि बढ्न सक्ने पूर्वानुमानसहित काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाहिरबाट आउने व्यक्तिहरुलाई उच्च निगरानीमा राख्ने भएको छ ।
काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले उपत्यका प्रवेश गर्ने हरेक व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिड सङ्क्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गरी हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टाइन अध्यावधिक राख्ने अनि सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिका भित्र कम्तिमा एकएकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरकेो प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७, १७:०६