काठमाडौँ । नेपाल पत्रकार महासंघ सीआईएन प्रतिष्ठान शाखामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ ।
शोबिता रिसालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा विनोद शर्मा, उपाध्यक्ष (महिलामा) गंगा तिमल्सिना, सचिवमा सुशिला श्रेष्ठ, कोषाध्यक्षमा पवन कुमार शाही, सदस्यमा कृति भट्टराई र ज्योती श्रेष्ठ चयन हुनुभएको छ ।
प्रतिष्ठानबाट केन्द्रीय परिषद् सदस्यमा राजन रुचाल र प्रदेश परिषद् सदस्यमा लक्ष्मी बस्नेत सर्वसम्मतीले निर्वाचित भएको निर्वाचन अधिकृत रमेश जोशीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको यही २५ गते निर्वाचन हुँदै छ ।
आसन्न निर्वाचनमा सीआईएनका समाचार प्रमुख गोविन्द खड्काले पनि खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ । महासंघको २६ औ महाधिवेशनमा देशभरका १३ हजार भन्दा बढी पत्रकार मतदानमा सहभागी हुदैछन् ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७, १९:५४