काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा थप ३ सय ३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय २५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
११ जना भक्तपुरमा, १५ जना ललितपुरमा र १ सय २८ जना काठमाडौंमा सङ्क्रमितको पहिचान गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । १ सय ४१ जना भने सङ्क्रमणमुक्त भएका छन् ।
हालसम्म दुई लाख ७४ हजार २७ जना निको भइसकेका छन् । बितेको २४ घण्टामा कोभिड सङ्क्रमणका कारण एक ब्यक्तिको मृत्युको पुष्टि भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७, १७:३६