देशमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिका लागि भएको सङ्घर्षमा महिलाहरूले आफ्नो ठूलो भूमिका निर्वाह गरेका छन् ।
यसैको उपलब्धिस्वरुप देशमा गणतन्त्र आयो । महिला राष्ट्रपतिसमेत भएको अवस्था छ तर महिला र बालिका ती गरिब तथा निमुखाको हालत भने अहिलेसम्म पनि उस्तै छ । महिला तथा बालबालिकामाथि थुप्रै हिंसाका घटना हुने गरेका छन् ।
जबरजस्ती करणी, घरेलु हिंसा, सामाजिक हिंसा, यौनजन्य दुर्व्यवहार, बालविवाह जस्ता रहेका छन् । यसलाई सामान्य लिने पुरातनवादी हाम्रो समाज र सोँच यसको उपज हो ।
समाजमा बढ्दो बालविवाह रोक्न सरकारले कानुन निर्माण गरेको छ । २०७५ साल भदौ १ देखि लागु हुने गरी मुलुकी ऐन् आएको छ । बालविवाहलाई फौजदारी अभियोग अन्तर्गत राखिएको छ ।
कानुनमा २० वर्ष नपुगी विवाह गर्न नहुने यदि कतै यस्तो गरेको र गराइएको पाइएमा दण्ड, सजायको व्यवस्थासमेत गरिएको छ । तर बालविवाह सामाजिक अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि नेपाली समाजमा बालविवाह रोकिएको छैन ।
समाजमा सानै उमेरमा विवाह गरेर दिनु अर्थात छोरीको विवाह गरी शुद्ध छोरीको जल खाएमा मुक्ति पाइने, लोक तथा परलोकमा आफ्नो स्थान सुरक्षित गर्न सानो उमेरमा विवाह गरिदिने गलत मानसिकता अझैँ हट्न सकेको छैन ।
बालविवाह भनेको कुनै पनि राष्ट्रको कानुनमा विबाह गर्न भनी तोकिएको उमेरभन्दा कम उमेरमा विवाह गर्नु हो । विभिन्न देशमा विवाहका लागि उमेर समूह तोकिएको हुन्छ । नेपालको सन्दर्भमा मुलुकी अपराध संहिता २०७४ मा विवाहको उपयुक्त उमेर २० वर्ष हुनुपर्ने तोकिएको छ ।
२० वर्ष नपुगी गरिने विवाह बालविबाह हो । यसरी विवाह गर्नेगराउने गरिएको खण्डमा कानुन बमोजिम कारबाहीको व्यवस्थासमेत गरिएको छ । कम उमेरमा गरिने विवाहलाई अपराध मानिएको छ । तर समाजमा परिस्थिति र परिवेश फरक रहेको छ ।
हाम्रो संस्कृति परम्परा मूल्यमान्यता क्षेत्र जातजाति र धर्मका आधार हेर्ने हो भने विवाह फरकफरक किसिमले गरिन्छ । तर यसको मूल मर्म एउटै हो ।
यस्ता विविध खालको दायित्व पारिवारिक समस्या बुझ्न, परिवारमा आउने आर्थिक सङ्कटका विषयमा बुझ्न र परिवारलाई मिलाएर राख्न सक्ने परिपक्वता र मानसिक अनि शारीरिक क्षमता बलियो भइसकेको हुँदैन । समाजिक अवस्था भने ठीक विपरित चलिरहेको छ ।
प्रेमका कारण उमेर नपुगी भाग्नेहरूको हकमा वाउआमाले नचाहे पनि गरिएको विवाहले गर्दा विवाह मानिदैन बदर हुन्छ भनेर फर्काएर घरमा ल्याउन सक्ने अवस्था छैन । केही दीन पहिला मात्र १५ वर्षकी बालिकाले भागेर विवाह गरिन् ।
छोरी महिनावारी भएसँगै ठूली भएको देख्ने र विवाहयोग्य सम्झने हाम्रो समाजको गलत बुझाइका कारण बालविवाह सङ्ख्यात्मक रूपमा बढ्दै गएको पाइन्छ ।
शारीरिक र मानसिक रूपमा परिर्वतन हुने उमेरमा बालबालिकाहरू बैवाहिक वन्धनमा बाधिन्छन् । जसले गर्दा परिपक्वता हँुदैन सामाजिक रुपमा योैनजन्य हिंसा, अशिक्षा, कमजोर स्वास्थ्य र जनसङ्ख्या बढ्छ ।
साथमा छिटो पढाइ छोड्दा अशिक्षाका कारण आर्थिक समस्यासमेत पर्दछ । अन्धविश्वास र कुरीरित बढ्छ पारिवारिक कलहको वातावरण बन्नुमा पनि बालविवाह प्रमुख बन्ने गरेको छ ।
बालविवाहको दर उच्च रहेको देश मध्य नेपाल एसियामै तेस्रो मुलुक हो । अहिले कानुन र सामाजिक अवस्था फरक छ । २० वर्ष पूरा नहुँदै विवाह गरेर घरबाटै दिने चलन अझँै घटेको छैन ।
अर्कातिर प्रेम विवाहका नाममा पनि किशोरकिशोरीहरू भागेर विवाह गर्ने गर्छन् । जसले गर्दा कानुनको धज्जी उडीरहेको छ । समाजमा जान्नेसुन्ने र बुझ्ने भनिएका अनि आफूलाई जान्ने सम्झनेले पनि छोरीको विवाह उमेर नपुगी गरिरहेका छन् ।
यस विषयमा कोही केही बोल्यो र सम्झाउन खोज्यो भने केटा राम्रो खानदानको सम्पत्ति भएको र आफ्नो परिवारको लागि योग्य भन्ने जस्ता कुरा गरी विवाह अहिले पनि भइरहेका छन् । हाम्रो कानुनले २० वर्ष नपुगी विवाह गर्ने र गराउनेलाई दण्ड र सजाय तोकेको छ र विवाह बदर हुने भनिएको छ र यस्तो कार्य गर्ने, गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
कानुनसगँ समाज बाझिँदा बालबालिकालाई भविष्यमा ठूलो असर र मानसिक तनाव हुने अवस्था छ । जसको उदाहरण समाजमा देखिन थालेको छ ।
मेरो छिमेकमा एक बालिका जसको १६ बर्षको उमेरमा १ वर्ष अघि भयो । उनले अहिले बच्चा जन्माएकी छन् । ती आमाको बच्चालाई जन्मदर्ता गर्न धाएको १ हप्ता भयो अझ पनि जन्मदर्ता भएको छैन । कानुनले यो विवाह अवैधानिक भन्छ र बदरको माग र्गछ । यता बालविवाहबाट सन्तान जन्मिसकेको छ । बच्ची आमा बनीसकेकी छन् ।
अब त्यो बच्चाले राज्यको सेवासुविधा प्राप्त गर्न जन्मेदेखि सङ्घर्ष गर्नपर्ने छ ।
बच्चा जन्मेपछि जन्मदर्ता नैसर्गिक अधिकार हो भने यता उमेर नपुगेका आमाबाबुबाट जन्मेका वच्चाको हकमा जन्मदर्ता नहुँदा स्कुल भर्नामा समस्या भएको छ ।
माइतीमा बसी हाले पनी उसलाई पहिले जस्तो सम्मान, सत्कार दिईँदैन र हेराइ फरक पर्छ । समाजले उसलाई अनेक सङ्ज्ञा दिन्छ । अब उसको नटेक्ने डालो छ न समाउने हाँगो । यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न उव्जिएको छ समाजमा ।
न त यी आमाको नागरिकता छ न यी आमाको विवाह दर्ता नै बनाइएको छ । यस्तो अवस्थामा बालविवाहको असर कतिसम्म हुन्छ भन्ने उदाहरण मात्रै हो यो । सानो उमेरमा विवाह गर्दा धुप्रै समस्या निम्तिएको छ ।
एक जना अर्की बालीका जसको उमेर २० वर्ष पूरा नहुँदै विवाह भयो । पारिवारिक झैझगडा भयो अनि छुट्टिएर बस्न चाहान्छिन् । अब यसको बाधक कानुन भइरहेको छ जहाँ कानुनी रूपमा पतिपत्नी भइसकेका छैनन र विवाह बदर हुन्छ भनिएको छ ।
अहिले यस्ता धुप्रै सामाजिक समस्या छन् । समाजमा विवाहको कुरा चलेर रोकियो भने कथित इज्जत जान्छ भन्ने गलत विचारले जरा गडेर बसेको छ ।
विवाह हुन लाग्दा र भइसकेपछि सामाजिक रूपमा उसलाई स्वीकार गरिँदैन । त्यसैले पनि कोही बोलिरहेको अवस्था छैन । भागी विवाह अन्यथा नलागोस् जनजातिमा बढी हुने गरेको पाइन्छ ।
प्रेमका कारण उमेर नपुगी भाग्नेहरूको हकमा वाउआमाले नचाहे पनि गरिएको विवाहले गर्दा विवाह मानिदैन बदर हुन्छ भनेर फर्काएर घरमा ल्याउन सक्ने अवस्था छैन । केही दीन पहिला मात्र १५ वर्षकी बालिकाले भागेर विवाह गरिन् ।
परिवार खुसी छैन तर विवाह बदर गर्न भनी घरमा र्फकाउन सक्ने अवस्था पनि छैन । कहीँ कतै यस्तो समस्या बुझेर २० पुगेपछि विवाह गरौँला, अहिले हजुरको छोरी र हाम्रो छोरा आफ्नोआफ्नो घरमा राखौँ भनी हाले पनि भागेकी छोरी घरमा राख्दा थुप्रै समाजिक लाञ्छना लगाउने गरिएको छ ।
यदि उमेर पुग्दासम्म केटोले वास्ता गरेन भने केटीको विवाहमा समस्या देखिने प्रवृतिका कारण पनि बालविवाह रोकिएको छैन । यसले सामाजिक रूपमा समस्या ल्याइरहेको छ ।
विवाह गर्न शारीरिक र मानसिक तवरले पूणर् परिपक्व भइसकेको हुनु पर्छ । परिवारको जीवनयापनको लागि आयआर्जन गर्न सक्ने भएपछि मात्र विवाहको लागि उपयुक्त उमेर मानिन्छ । आत्मनिर्भर परिपक्व र आत्मविश्वासी भएपछि आफ्नो परिवारको जिम्मेवारी लिन सक्ने भएपछि विवाह गर्नुपर्छ ।
केही महिना अघि मात्र एक यस्तो घटना बाहिर आयो कि डेढ बर्ष अघि भागी विवाह गरे केटाकेटीले करिव १ वर्ष सगँै बसेपछि केटा र उसको परिवारले बुहारी मन पराउन छोडे । अव सम्वन्धविच्छेदको कुरा गर्छन् ।
दुबै जना उमेर नपुगेकाले विवाह बदर हुन्छ भनेको छ । कानुनले ऊ मेरो घरको सदस्य होइन भन्छन् । अब त्यो बेला त्यो केटी कहाँ जाने, यता भागेर गई भन्दा असन्तुष्ट परिवार छ ।
माइतीमा बसी हाले पनी उसलाई पहिले जस्तो सम्मान, सत्कार दिईँदैन र हेराइ फरक पर्छ । समाजले उसलाई अनेक सङ्ज्ञा दिन्छ । अब उसको नटेक्ने डालो छ न समाउने हाँगो । यस्तो अवस्थामा के गर्ने भन्ने प्रश्न उव्जिएको छ समाजमा ।
यी र यस्ता घटना हेर्दा कानुन र सामाजिक परम्परा वाझिइरहेको देखिन्छ । बालविवाह सामजिक अपराध हो र यसले समाजिक तथा आर्थिक रूपमा नकारात्मक असर पार्छ । त्यसैले बालबालिकालाई बालविवाह रोकथामका बारेमा जनचेतना जगाउँदै जानुपर्छ । सरकारले नियम, कानुन कार्यान्वयमा कडाइ गर्नुपर्छ ।
बालविवाह सामजिक र कानुनी अपराध हो । सवै मिलेर यसको समस्या समाधान गर्नुको विकल्प छैन । स्वच्छ समाज निर्माणको लागि एक हुनु जरुरी छ । बालविवाह रोकौँ । समाज विकाससँगै राज्यले सन् २०३० सम्ममा बालविवाह अन्य गर्ने भनेको छ ।
बालबालिका समाजका अति नै संवेदनशील व्यक्ति हुन् । जबसम्म तिनीहरूको अधिकारको संरक्षण गर्न हामी सबैको कर्तव्य हो भन्ने अनुभूति हामी सम्पूणर्मा हुँदैन, तबसम्म बालविवाह अन्त्य हुन सक्दैन ।
बालबालिकाको सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाहरूमा बालविवाहले पर्ने असरका बारेमा जानकारी गराउने, बाल क्लब, बाल सञ्जाल तथा साथीहरूबीच बालविवाह अन्त्य सम्बन्धी छलफल चलाउने गर्नुपर्छ ।
तसर्थ हामी सबैले आ-आफ्नो ठाउँबाट लागि पर्न जरुरी छ । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बाल विवाहमुक्त हाम्रो प्रदेश’ भन्ने मूल नाराका साथ अगाडि बढ्न आबश्यक छ र अभियान सञ्चालन गर्न जरुरी रहको छ ।
विवाह गर्न शारीरिक र मानसिक तवरले पूणर् परिपक्व भइसकेको हुनु पर्छ । परिवारको जीवनयापनको लागि आयआर्जन गर्न सक्ने भएपछि मात्र विवाहको लागि उपयुक्त उमेर मानिन्छ । आत्मनिर्भर परिपक्व र आत्मविश्वासी भएपछि आफ्नो परिवारको जिम्मेवारी लिन सक्ने भएपछि विवाह गर्नुपर्छ ।
पारिवारिक योजना बनाउन सक्ने भएपछि मात्र विवाह गर्नु पर्छ । नत्र सम्बन्ध नटिक्ने वा त्यहाँनेर सुख र खुशी नहुन सक्छ ।
बालविवाहका नकारात्मक असरहरू थुप्रै छन्, जसको विषयमा समाज र बालबालिकालाई विद्यालयमा यस विषयमा पढाउन सके केही कम हुन सक्छ । शारीरिक संवेगात्मक तथा मानसिक असर, किशोरीको स्वास्थ्यमा असर, सामाजिक अपहेलना, अध्ययनमा बाधा, सानै उमेरमा घरायसी बन्धन जीवनयापनका लागि आर्थिक अभाव जस्ता समस्याहरू आउने गछर्न् ।
न्यूनिकरणका उपायहरू अपनाउने हो र बालविवाह कम गर्न सकिन्छ । बालबालिकाहरूको गुणस्तरीय शिक्षामा जोड दिएर, बालविवाह विरुद्ध समुदायमा बहस चलाएर चेतना अभिवृद्धिमा जोड दिनपर्ने आवश्यकता रहेको छ ।
बालबालिकाको सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने, बालबालिकाहरूमा बालविवाहले पर्ने असरका बारेमा जानकारी गराउने, बाल क्लब, बाल सञ्जाल तथा साथीहरूबीच बालविवाह अन्त्य सम्बन्धी छलफल चलाउने गर्नुपर्छ ।
बालविवाहको असर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । बालविवाह हुन लागेको जानकारी पाएमा नजिकको प्रहरीलाइ खबर गर्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७, १८:०९