काठमाडौँ । कलाकार तथा सङ्गीतकार लेखराज गिरिले गायन यात्रा पनि सुरु गर्नुभएको छ । उहाँको स्वरमा रहेको 'माग्छौँ माया' बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतको शब्द र सङ्गीत कलाकार गिरिको हो भने गायनमा गायिका रीता केसीले साथ दिनुभएको छ । सानैदेखिको गीत गाउने चाहाना पूरा भएकोमा खुसी व्यक्त गर्दै गिरिले आगामी दिनमा पनि अरु गीतमा स्वर दिँदै जाने बताउनुभयो ।
'कुनै पनि गीतमा सङ्गीत गर्दा एउटा गायक वा गायिकाको स्थानबाट घोत्लनुपर्ने हुन्छ। त्यसकारण पनि गायनमा नडुबी मीठो मेलोडी ल्याउन सकिँदैन ।' गिरिले भन्नुभयो । ' सङ्गीत गर्दाको अनुभव र साधनाले गाउन खासै समस्या भएन।'
कलाकार गिरिको पहिलो एल्बम 'पाइला' मा रहेकामध्ये भिडियो तयार भएको 'माग्छौ माया' बोलको चौथो गीत हो ।
सोही एल्बलमा रहेको 'रेलको बाटो' बोलको गीत पछिल्लो समय चर्चित छ । सुरज पण्डितको स्वरमा रहेको उक्त गीत केही समयभित्र स्मृति शाहीको स्वरमा पनि बजारमा आउँदैछ ।
निकट भविष्यमा 'रेलको बाटो' २ पनि ल्याउने तयारी भइरहेको उक्त गीतका लेखकसमेत रहेका गिरिले जानकारी दिनुभयो । छुवाछुट्टविरुद्धको अर्को एउटा गीत पनि ल्याउने तयारी भएको उहाँको भनाइ छ ।
कलाकार गिरि प्यान्टिङमा पनि स्थापित भइसक्नुभएको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८, १४:३५