काठमाडौँ । सरकारले मुलुकमा बढ्दै गएको नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सहरी क्षेत्रमा वैशाख महिनाभरि भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।
अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय भएको उहाँको भनाइ छ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८, १२:१४