काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत चालु अधिवेशन अन्त्य गरिएको जानकारी गराएको हो ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८, १२:२३