काठमाडौँ । नेपाल सरकारले आजदेखि नोबेल कोरोना भाइरसबिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ ।
यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले सीआईएनसँग बताउनुभयो ।
पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ ।
ज्वरो आएका वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले भने खोप लगाउन मिल्दैन । खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुनु बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
खोप लगाउनका लागि काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू तोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८, ०९:०२