काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आजको संयुक्त बैठकले यही वैशाख २९ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गर्ने र बेलुका पसल खोल्नमा रोक लगाउने निर्णय पनि आजको बैठकबाट भएको छ ।
अत्यावश्यक बाहेकका अरु सबै पास बन्द गर्ने, बैँक तथा वित्तीय संस्था २० प्रतिशत मात्रै चलाउने र कर्मचारी २५ प्रतिशत मात्रै उपस्थितिका लागि अनुमति दिने निर्णय संयुक्त बैठकले गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८, १६:३९