काठमाडौं । प्रदेश सरकारहरुले संघीय सरकारसँग गुनासै गुनासो गरेका छन । बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सामुहिक छलफलमा मुख्यमन्त्रीहरुले गुनासो र असन्तुष्टि राखेका हुन ।
संघीय सरकारले दिएको बजेट कम भएको, समुन्वय हुन नसकेको, प्रदेशको अधिकार संघले आफैसँग राखेको, अन्तर प्रदेश समन्वय परिषदको बैठकमा भएका २९ बुँदे सहमति कार्यान्वयन नभएको मुख्यहरुहरुको गुनासो छ । मुख्यमन्त्रीहरको मुख्य चासो बजेटमा थियो ।
सातै प्रदेशका मुख्यमन्त्रीले बजेट न्युन भएको भन्दै त्यसलाई बढाउन आग्रह गरेका छन् । मुख्यमन्त्रीहरुले केन्द्र सरकारले बजेटलाई संघीय ढाँचा अनुरुप बनाउन नसकेको भन्दै ध्यानाकर्षण गराए । संघीय सरकारले नयाँ बजेट ल्याउने तयारी गरिरहेपनि प्रदेशमा बजेट सिलिङ अहिलेसम्म नपठाइएकोमा असन्तुष्टि राखेका थिए । बैठकपछि सीआईएनसँग कुराकानी गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तर सबैभन्दा ठूलो चासो बजेटमा राखेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश समन्वय परिषदको बैठकमा सहमति कार्यान्वयन कमजोर भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको पनि जानकारी दिनुभयो । गत मंसिर २३ मा सिंहदरबारमा बसेको अन्तर प्रदेश समन्वय परिषद बैठकमा २९ बुँदे सहमति भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक बजेट बढने आश्वासन दिनु भएको छ । मुख्यमन्त्रीको गुनासो आफुले सकारात्मक रुपमा लिएको र छिट्टै स्थानीय, प्रदेश र संघबीच समन्वय गरेर अगाडि बढ्न राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने जानकारी दिनुभयो ।
बैशाख दोस्रो साता भित्रै बोलाउने बोलाउने आश्वासन प्रधानमन्त्री ओलीले दिनुभएको छ । बैठकमा प्रदेश २ का मुख्यमन्त्री राउतले बारा पर्साबाट हुरीबाट आएको क्षतिले पुर्याएका विषयमा प्रधानमन्त्रीले जिज्ञासा राखेको र छिटोभन्दा छिटो पीडितहरुलाई घर बनाइदिने कुरा भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५, १३:०५