काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यही वैशाख २२, २३ र २४ गते सङ्कलन गरिएको स्वाव परीक्षणको पछिल्लो विवरणका अनुसार राष्ट्रिय सभाका एकसहित १९ जना सांसदमा कोरोना पुष्टि भएको सङ्घीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यव्यवस्था परापर्श समितिको बैठकमा छलफल गरेर सङ्क्रमित सांसदलाई पर्सिको संसद बैठकमा सहभागी हुन दिने वा नदिने भन्नेमा निणर्य गर्ने तयारी सभामुख अग्नी सापकोटाले गर्नुभएको छ ।
सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८, १७:४३